नियम १४
मूल्य निर्धारण

(१) नेपाल सरकारको स्वामित्व प्राप्त सार्वजनिक संस्था वा कम्पनीबाट आपूर्ति हुने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरुको बिक्रि मूल्य त्यस्ता सार्वजनिक संस्थान वा कम्पनीले तोकि दिए बमोजिम हुनेछ ।
(२) सार्वजनिक संस्थान वा कम्पनीले यस्ता सहकारी संस्थालाई सो सामान बिक्री गरे वापत अन्य व्यापारिक संस्थालाई दिएको भन्दा थप कमिशन दिनु पर्नेछ ।
(३) अन्य उपभोग्य वस्तुहरुको बिक्री मूल्य प्रचलित वजार भाउ भन्दा वढी नहुने गरी सम्बन्धित सहकारी संस्थालेआपै तोक्न सक्नेछ ।